Texas College
YouTube Link

ग्लोबल आइएमई बैंकले समृद्ध अवकाश मुद्दति खाता सञ्चालन

Facebook Link

काठमाडौं:   ग्लोबल आइएमई बैंकले ग्लोबल समृद्ध अवकाश मुद्दति खाता सञ्चालनमा ल्याएको छ । बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकाश प्राप्त कर्मचारीहरूलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको हो ।

 

यो खाताले निवृत्तिभरण पाइरहेका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

 

यस खातामा ग्राहकले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखी आफ्नो इच्छाअनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन् भने पाकेको ब्याजलगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ। यसरी थप गर्दै जाने रकममा समेत सुरुमा तोकेकै मुद्दति निक्षेपको ब्याज प्राप्त हुनेछ।

 

ग्राहकलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिङमार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम रु २ लाखसम्म) सुलभ ब्याजदरमा कर्जा लिन सकिनेछ।

 

यसका साथै निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भए पनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिइने बैंकले जनाएको छ।

 

ग्लोबल आइएमई बैंकले ग्लोबल समृद्ध योजनामा आबद्ध हुने ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड र १ लाख रुपैयाँबराबरको दुर्घटना बीमा सुविधाहरु उपलब्ध गराइने जनाएको छ। यस खाताअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ।

 

यो पनि पढ्नुहोस् :

स्मार्ट टेलिकमले स्मार्ट प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराउने

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...