Rajshow Bivag

ग्लोबल आइएमई बैंकले समृद्ध अवकाश मुद्दति खाता सञ्चालन

Departmant of helth services

काठमाडौं:   ग्लोबल आइएमई बैंकले ग्लोबल समृद्ध अवकाश मुद्दति खाता सञ्चालनमा ल्याएको छ । बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकाश प्राप्त कर्मचारीहरूलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको हो ।

 

यो खाताले निवृत्तिभरण पाइरहेका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

 

यस खातामा ग्राहकले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखी आफ्नो इच्छाअनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन् भने पाकेको ब्याजलगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ। यसरी थप गर्दै जाने रकममा समेत सुरुमा तोकेकै मुद्दति निक्षेपको ब्याज प्राप्त हुनेछ।

 

ग्राहकलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिङमार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम रु २ लाखसम्म) सुलभ ब्याजदरमा कर्जा लिन सकिनेछ।

 

यसका साथै निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भए पनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिइने बैंकले जनाएको छ।

 

ग्लोबल आइएमई बैंकले ग्लोबल समृद्ध योजनामा आबद्ध हुने ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड र १ लाख रुपैयाँबराबरको दुर्घटना बीमा सुविधाहरु उपलब्ध गराइने जनाएको छ। यस खाताअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ।

 

यो पनि पढ्नुहोस् :

स्मार्ट टेलिकमले स्मार्ट प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराउने

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४६

  काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...