स्मार्ट टेलिकमले स्मार्ट प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराउने
वि.सं.२०७८ असार ४ शुक्रवार १५:४४
2.4K
shares
काठमाडौं: स्मार्ट टेलिकमले स्मार्ट प्रयोगकर्तालाई १०० रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ । टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराएको हो ।
कम्पनीले बाढीपहिरो प्रभावित क्षेत्रका आफ्ना प्रयोगकर्तालाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ब्यालेन्स उपलब्ध गराएको हो । ग्राहकलाई यस कठिन परिस्थितिमा उपलब्ध गराइएको ब्यालेन्सले आफ्ना नजिकका परिवारजन तथा नातेदारसँग नियमित सम्पर्क गर्न सहयोग पुग्ने कम्पनीले अपेक्षा लिएको छ।
उक्त ब्यालेन्स रकमबाट स्मार्ट नेटवर्कभित्र अननेट कल गर्न तथा डेटा चलाउने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ । यस विषयमा थप जानकारीका स्मार्ट ग्राहकले १४२४२ अथवा ९६११००४२४२ मा सम्पर्क गर्नसक्ने जनाइएको छ । स्मार्ट टेलिकमको वेबसाइटमार्फ पनि यस विषयमा जानकारी लिन सकिने जनाइएको छ । कम्पनीका अनुसार यो ब्यालेन्स ७ दिनसम्म मान्य रहनेछ।
यो पनि पढ्नुहोस् :
नर्भिक अस्पतालले घाइते उपचारका लागि अलग्गै युनिट सञ्चालन
वि.सं.२०७८ असार ४ शुक्रवार १५:४४




















