YouTube Link

प्रभु पेले आफ्नो सेवालाई अपाङ्गमैत्री बनायो

World Cup 2026
Facebook Link

काठमाडौं:  प्रभु पेले आफ्नो सेवालाई अपाङ्गमैत्री बनाएको छ । प्रभु पेले मोवाइल वालेट प्रविधि प्रयोगमा अपाङ्गता भएका बर्गलाई सजिलो हुने गरी टकब्याक फीचर सेवा राखेको हो ।

 

अपाङ्गता भएका व्यक्तिहरुले आजको प्रविधिको उपयोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रभु पे अपाङ्गमैत्री बनाएको जनएको छ ।

 

कम्पनीका अनुसार अपाङ्गता भएका व्यक्तिले सजिलै प्रभु पे एपमार्फत अनलाइन कारोबार गर्न सक्छन् । जसका लागि प्रभु पेको ‘टकब्याक’ ले सपोर्ट गर्छ ।

 

टकब्याक फिचर दृष्टिबिहीन अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि एन्ड्रोइडले उपलब्ध गराएको फिचर हो । एन्ड्रोइड मोबाइलमा यो फिचर अन गर्दा मोबाइलले प्रयोगकर्तालाई मोबाइल स्क्रिनमा भएको ईमेल, टेक्स लगायतका विषय बोलेर सुनाउँछ ।

 

यसै फिचरमा मिल्नेगरी प्रभु पेले आफ्नो एप तयार पारेको हो । त्यसआधारमा आफूले प्रयोग गर्न खोजको के हो पत्ता लगाएर फोन प्रयोग गर्न सकिन्छ । यसको अर्थ प्रभु पेको यो फिचर एन्ड्रोइड फोन प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउने छन् ।

 

दृष्टिबिही भएका व्यक्तिले मोबाइलमा टकब्याक फिचर अन गरी प्रभु पे मार्फत मोबाइल रिचार्ज गर्ने, बिजुली, खानेपानी, इन्टरनेट, टेलिफोनको बिल तिर्ने, हवाई टिकट काट्ने लगायतका सेवाको अनलाइन भुक्तानी गर्न सक्ने छन् ।

 

प्रभु ग्रुपअन्तर्गतको ‘प्रभु पे’ले अपांगता संरक्षण नेपालसितको सहकार्यमा अपांगता भएका व्यक्तिको पहुँचमा सेवा पुर्‍याएको छ । प्रभु टेक्नोलोजीले दृष्टिविहीनहरूले सहज रूपमा चलाउन सक्ने विद्युतीय भुक्तानी सुविधा दिएको छ ।

 

एन्ड्रोइड मोबाइलमा बोल्ने प्रविधि (मोबाइलमा ‘टक ब्याक’ र कम्प्युटरमा ‘एनभिडिए’) सहायताले हामी डिजिटल प्रणालीको सहजै प्रयोग गर्न सकिन्छ । स्मार्ट फोन प्रयोगकर्ताका लागि मात्र नभएर प्रभु पेले बार फोन प्रयोगकर्ताका लागि समेत यो सुविधा दिएको छ ।

 

प्रभु पेले अपांगता भएका व्यक्तिहरूलाई हरेक कारोबारमा क्यासब्याकमा पनि विशेष सुविधा दिएको छ । अपाङ्गता भएका व्यक्तिहरूले प्रभु पे मोबाइल वालेटको केवाइसी भर्दा अपाङ्गता परिचयपत्र पनि राख्नुपर्छ ।

 

नेपालमा निजीस्तरको कम्पनीले पहिलोपटक अपांगता भएका व्यक्ति नै कर्मचारी राखी अपांगता भएका व्यक्तिहरूलाई विद्युतीय सेवा प्रदान गर्दै आएको छ ।

 

यो पनि पढ्नुहोस् :

हाइड्रोइलेक्ट्रीसिटी (एचआईडिसीएल) को शेयरमूल्य समायोजन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...