Texas College
YouTube Link

नेपाली नयाँ वर्षको उपलक्ष्यमा ओपोको फोन नयाँ मूल्यमा

Facebook Link

काठमाण्डौ:  नेपाली नयाँ वर्षको उपलक्ष्यमा ओपोले ए१२ ३ जीबी फोन नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । ओपोले नेपाली नयाँ वर्षको उपलक्ष्यमा २०७८ लक्षित थप आकर्षक अफरहरु सार्वजनिक गरिने जानकारी दिएको हो ।

 

सन् २०२० को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १६५ ग्राम रहेको छ । कम्पनीले पहिले रु. १६ हजार ५९० मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै अब रु. १४ हजार ९९०मा उपलब्ध गराएको छ । उक्त फोन नेपाली बजारमा कालो र नीलो गरी दुई रङमा उपलब्ध रहेको छ ।

 

ओपो ए१२ ३जीबीको ७२०×१५२० पिक्सेल्स सहितको ६.२२ इन्चको डिस्प्ले उपलब्ध छ। फोनको पिक्सेल डेन्सिटी २७० पीपीआई रहेको छ। आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९:९ रहेको छ। फोनको स्क्रिन टु बडी रेसियो ८९ प्रतिशत छ। फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टी-टच, इन-सेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री रहेको छ ।

 

यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ। यी क्यामेरामा टच-टु-फोकस, फेज डिटेक्सन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएका छन्। फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ। त्यसैगरी सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रन्ट क्यामेरा जडान गरिएको छ।

 

ओपो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी/सीबी) चिपसेटबाट सञ्चारित छ। फोनमा ३जीबी र्याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ। प्रयोकर्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन्।

 

फोनमा रियर-माउन्टेड फिंगरप्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्सलगायत सुविधापनि उपलब्ध छ। फोनको प्रयोग गर्दा दिनभर प्रयोगकर्ताले ब्याट्रीको चिन्ता लिन नपरोस् र सहजै दिनभर यसको प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा ४ हजार २३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।

 

यो पनि पढ्नुहोस् :

आन्तरिक राजस्व विभागद्वारा आइएमई रेमिट सम्मानित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...