आन्तरिक राजस्व विभागद्वारा आइएमई रेमिट सम्मानित
वि.सं.२०७७ चैत २० शुक्रवार १६:४२
1.9K
shares
काठमाण्डौं: आन्तरिक राजस्व विभागद्वारा आइएमई रेमिट सम्मानित भएको छ । विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा आइएमई रेमिट सम्मानित भएको हो ।
आन्तरिक राजस्व विभागद्वारा बिहीबार आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गर्नु भएको हो ।
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो।
यो कुराको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड १९ कारण कार्यक्रमहरु गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिक रुपमा हुन सकेको थिएन।
यसअघि यस आइएमईलाई लगातार तीनपटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ। आजभन्दा २० वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिट्यान्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ।
आइएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो। नेपालको रेमिट्यान्स क्षेत्रको यो अगुवा संस्थाका कारण वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीलाई आफ्नो घरमा पैसा पठाउन सजिलो भएको छ।
यस कम्पनीले सेवा शुभारम्भको २० औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको छ।
यो पनि पढ्नुहोस् :
नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच सम्झौता
वि.सं.२०७७ चैत २० शुक्रवार १६:४२



















