एभरेष्ट बैंकको नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजानिक
वि.सं.२०७७ चैत १३ शुक्रवार १०:२४
1.9K
shares
काठमाडौं: एभरेष्ट बैंकले नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजानिक गरेको छ ।
बैंकले पर्यटन विभाग, प्रद्घशनीमार्गमा आयोजित समारोहको बीचमा नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजानिक गरेको हो ।
लामो समय देखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको छ ।
“सगरमाथाको १२ फरक फरक मुहारहरू” विषयवस्तु राखेर तयार पारिएको बैंकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ्ग र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बैंकका ब्रान्ड फेस मिङ्गमा डेभिड शेर्पाले संयुक्त रुपमा सार्वजानिक गरेका छन् ।
कार्यक्रममा डा. सन्धीर कुमार–नायव महाप्रबन्धक, एभरेष्ट बैंक र पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि उपस्थिति थियो ।
वि.सं.२०७७ चैत १३ शुक्रवार १०:२४



















