YouTube Link

रुपन्देहीको अमुवा बजार वरपरका क्षेत्रमा ज्योति विकास बैंकको क्युआर कोड भुक्तानी सेवा

Facebook Link

काठमाडौं: ज्योति विकास बैंकले रुपन्देहीको अमुवा बजार वरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ ।

 

अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० ओटा भन्दा बढी क्युआर कोड वितरण गरेको हो ।

 

क्युआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख श्री कपिल न्यौपाने र डिजिटल बैंकिंग प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्युआर कोड हस्तारन्तरण गरिएको हो ।

 

क्युआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइल बाट क्यु।आर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिनेछ ।

 

क्युआर कोड सेवाबाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल,सहज र सुरक्षित भुक्तानी लगायतका थुप्रै सुविधाहरु प्राप्त हुने छ ।

 

बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ साथै बैंकले डिजिटल बैंकिंगलाई  थप प्रर्वद्धन र देशभरी नै क्युआर कोड वितरण गर्ने र विस्तारित बनाउने प्रतिवद्वता व्यक्त गरेको छ ।

 

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३९ अर्ब लगानी गर्न सफल भएको छ ।

 

एभरेष्ट बैंकको नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजानिक

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...