YouTube Link

काठमाडौंका सार्वजनिक स्थानमा होली खेल्ने र कार्यक्रम आयोजना गरेमा पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

Facebook Link

काठमाडौं: रंगहरुको पर्व फागु अर्थात होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ ।

 

सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

 

यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह समेत गरिसकेको छ ।

 

स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ ।

 

तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ ।

 

संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।

 

ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

 

यसैबीच भीडभाड हुन नदिन मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ ।

 

चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ ।

 

होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् ।

 

उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न पाँच हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ ।

 

जबर्जस्ती लोला हान्ने र अन्य व्यक्तिलाई डिस्टर्व गर्नेहरुलाई पनि नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरीको योजना छ ।

 

होलीको दिन काठमाडौं, भक्तपुर र ललितपुरमा पिकेट ड्युटी, मोवाइल गस्ती र सिआरभी भ्यानमा प्रहरी परिचालन गरिनेछ ।

 

भीडभाड हुन नदिन रिजर्भ फोर्स तयारी अवस्थामा राखेर उपत्यकाका ३ जिल्लामा सुरक्षा योजना लागू गरिएको छ ।

 

होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु बढ्न सक्ने आँकलन गर्दै चेकजाँचमा कडाइ गर्ने प्रहरीको तयारी छ ।

 

पर्व मनाउने नाममा मास्क नलगाइ हिँड्नेलाई जरिवाना गर्ने गरी प्रहरीले सुरक्षा योजना बनाएको छ ।

 

मास्क नलगाउने र सरकारले नगर्न आग्रह गरेका काम गर्नेलाई नियन्त्रणमा लिएर कानुनबमोजिम गरिने गृहमन्त्रालयले जनाएको छ ।

 

नेकपा एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बस्दै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...