मिथिला लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत २९ गते
वि.सं.२०७७ चैत ८ आइतवार १५:१५
2.2K
shares
काठमाडौं: मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । लिमिटेडले प्रस्ताव गरेको कुल १२ दशमलव ६३ प्रतिशत लाभांश चैत २९ गते पारित गर्ने भएको हो ।
मिथिला लघुवित्त कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारितकालागि चैत २९ गते राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाममा विहान ११ बजे सभा बोलाएको हो ।
कम्पनीको फागुन २३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १२ करोड १७ लाख ४० हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात साधारण सभाबाट पारित गरेपछि कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम तय भएको छ ।
अन्य कुनै एक भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुसँग प्राप्ती तथा मर्जर प्रयोजनको प्रकृया अघि बढाउँन आवश्यक भएमा दशौं वार्षिक साधारणसभाले दिएको सञ्चालकको अख्तियारीलाई निरन्तरता दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य हुनेछन् ।
यो पनि पढ्नुहोस् :
सिद्धार्थ बैंक र सम्यक डायग्नोस्टिकबीच सम्झौता
वि.सं.२०७७ चैत ८ आइतवार १५:१५


















