सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा मंसिर २० गते
वि.सं.२०७७ कात्तिक ३० आइतवार १६:०३
1.4K
shares
काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा २०७७ मंसिर २० गते शनिबार गर्ने भएको छ । सिटिजन्स बैंकको कार्तिक २८ गते बसेको संचालक समितिको ३४७ औं बैठकले कोरोना भाईरस महामारिका कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने भएको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशतका दरले हुनआउने ७२,७१,८५,३८३.१८ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुनआउने २७,२६,९४,५१८.६९ रुपैयाँ बराबरको नगदलाभांश (लाभांश कर समेत) बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
यो पनि पढ्नुहोला: https://www.akhabarnepal.com/2020/11/19167/
वि.सं.२०७७ कात्तिक ३० आइतवार १६:०३




















