YouTube Link

नेकपा विवादः चिड्याउने काम गरे चुप लाग्दिनँ: अध्यक्ष ओली

Facebook Link

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको जवाफ नदिने अडान लिएका छन् ।

आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर करिव ४ घण्टा लामो छलफल गरेका उनले आफूलाई चिड्याउने काम जारी रहेमा चुप लागेर नबस्ने धम्की समेत दिएका हुन् ।

पार्टीको समस्या समाधानमा सुझाव दिन आउनुहोस् भन्दै ओलीले नेपाललाई एक्लै बालुवटार बोलाएका थिए । वरिष्ठ नेता नेपालसँगको भेटमा ओलीले दाहालले आफूमाथि अनाहकमा बेइज्जत हुने गरी आरोप लगाएको, उनीसँग सँगै अघि बढ्ने वातावरण नभएको समेत गुनासो गरेको स्रोतले बताएको छ ।

बालुवाटार स्रोतका अनुसार ओलीले नेता नेपालसँग कार्यकारी अध्यक्ष दाहालले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए । साथै ओलीले नेपालसँग आफूसँग सहकार्य गर्न त्यसका लागि के गर्नुपर्ने हो ? आफू तयार समेत रहेको वरिष्ठ नेता नेपालसँग बताएको बुझिएको छ ।

तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएको बताइएको छ । पार्टीभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिश गर्न प्रधामन्त्री ओलीले शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए । यसैगरी आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएका थिए । भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालका तर्फबाट आएको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन र आफूलाई सहयोग गर्न गौतमलाई आग्रह गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...