मनकामना केबुलकार र ई–सेवा बीच सम्झौता
वि.सं.२०७७ असोज १४ बुधवार १७:४८
2.3K
shares
काठमाडौं: नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरीद बिक्री सम्झौता भएको छ ।
मनकामना केबुलकारले मनकामना दर्शन गर्न जाने भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिदै टिकट खरिद गर्दा नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था थप गरेको हो । भक्तजनहरुले टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्यूटरमा ई–टिकट प्राप्त हुन्छ सोही ई–टिकट देखाई यात्रा गर्न सकिनेछ ।
मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् ।
वि.सं.२०७७ असोज १४ बुधवार १७:४८




















