सानिमा बैंकको चन्द्रपुरमा ८३ औँ शाखा कार्यालय स्थापना
वि.सं.२०७७ असोज १४ बुधवार १७:३७
1.6K
shares
काठमाडौं: सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ औँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकको नयाँ शाखा आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।
सानिमा बैंकले रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ मा नयाँ शाखा संचालनमा ल्याएको हो । चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले चन्द्रपुर शाखाको समुद्घाटन गर्नुभएको छ । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएको र आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न चौधरीले आग्रह गर्नुभएको छ ।
सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।
वि.सं.२०७७ असोज १४ बुधवार १७:३७


















