कुमारी बैंकले ५० वटा शाखा कार्यालय मर्ज गरी २५ बनाउने
वि.सं.२०७७ साउन २३ शुक्रवार १९:०१
1.9K
shares
काठमाडौं: कुमारी बैंक र देवः विकास बैंक मर्जर भएसँगै कुमारी बैंकले ५० वटा शाखा कार्यालय मर्ज गरी २५ बनाउने भएको छ ।
मुलुकभर रहेका तत्कालिन देवः विकास र कुमारी बैंकका ५० मिटरदेखि २ किलोमिटरभित्रको दुरीमा रहेका दुबै बैंकका शाखा मर्ज गराउन लागेको हो ।
दुई बैंक मर्जर भएसँगै गत असार २८ गतेबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । जस अनुसार बैंकले भदौ १ गतेबाट शाखा मर्ज गराउने सूचना जारी गरेको हो ।
मर्ज हुने शाखामा उपत्यकाका नक्साल, कोटेश्वर, कालीमाटी, बानेश्वर र बौद्धमा रहेका तत्कालिन देवः विकास र कुमारी बैंकका शाखा मर्ज हुनेछन् । साथै उपत्यका विभिन्न जिल्लाका दुबै बैंकका २० वटा शाखा भदौ १ गते मर्ज हुँदैछन् ।
बैंकले ग्राहकलाई पायक पर्ने र व्यवसायीक कारोबारको आधारमा नजिक रहेका शाखा मर्ज गराउने बैंकले जानकारी दिएको छ ।
वि.सं.२०७७ साउन २३ शुक्रवार १९:०१




















