YouTube Link

कृषि विकास बैंकले बिनो धितो १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने

Facebook Link

 

काठमाडौं: कृषि विकास बैंकले बिनो धितो १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने गरि गाउँपालिकासँग सम्झौता गरेको छ।

बैंकको ५ नम्बर प्रदेश कार्यालयका प्रमुख चन्द्रसिंह थापा र अर्घाखाँचीको मालारानी गाउँपालिकाका अध्यक्ष वालकृष्ण आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

गाउँपालिकाको सिफारिस र परियोजनाको सम्भाव्यताको आधारमा गाउँमै आयमूलक उद्यम गर्न चाहने स्थानीय बासिन्दाहरुलाई बिभिन्न ५ प्रकारका सहुलियतपूर्ण कर्जा बिना धितो प्रदान गर्ने बैंकले जनाएको छ ।

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँ सम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म, महिला उद्यमशीलता कर्जा १० लाख रुपैयाँसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म उपलब्ध गराउने छ।

उपरोक्त बमोजिमका कर्जाहरुमा महिला उद्यमशीलताको हकमा हाल ३ प्रतिशत ब्याजदर तोकिएको छ भने अन्य कर्जाको हकमा ४ प्रतिशत ब्याजदर तोकिएको छ ।

कोभिड–१९ को महामारीको कारणबाट आक्रान्त बनेको अर्थतन्त्रलाई उकास्नको लागि स्थानीय निकायको भूमिका देखिने र देश तथा विदेशबाट फर्किएका उर्जाशील बेरोजगार युवाहरुमा उद्यमशीलता विकास गर्न बैंकले गाउँपालिकामा प्रस्ताव पेश गरेको थियो।

गाउँपालिकाले बैंकको प्रस्ताव स्वीकार गर्दै स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पारित गरेको छ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...