एसबिआई बैंकका ग्राहकलाई काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा छुट
वि.सं.२०७७ साउन २३ शुक्रवार १८:४९
1.6K
shares
काठमाडौं: नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टेड प्रिमियरमा विशेष छुट दिने पाउने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर तथा सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेण्ट सुदर्शन चापागाईकाबीच हस्ताक्षर भएको हो ।
ग्राहकहरुले बैंकको कार्ड प्रयोग गरे बापत १० प्रतिशत सम्म खाना र पेयर पदार्थमा छुट पाउने भएका हुन् ।
वि.सं.२०७७ साउन २३ शुक्रवार १८:४९


















