एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टले साधारण शेयर निष्काशन गर्दै
वि.सं.२०७७ साउन ९ शुक्रवार १५:२९
1.9K
shares
काठमाडौं: एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले निष्काशन गर्न लागेको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९ सय २ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९ सय ६१ किता शेयर कर्मचारीहरुका लागि र बाँकी ३१ लाख ६० हजार १ सय ८३ कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँड गर्ने भएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको र उक्त शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १ सय ८० कित्तासम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने निष्काशन छिटोमा साउन २१ गते र ढिलोमा भदौ ३ गते बन्द हुनेछ ।
वि.सं.२०७७ साउन ९ शुक्रवार १५:२९




















