यातायात व्यवसायीलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत छुट: कामना विकास बैंक
वि.सं.२०७७ साउन ७ बुधवार १७:५१
1.3K
shares
काठमाडौं: कोभिड–१९ को कारण बढि प्रभावित यातायात व्यवसायीलाई कामना सेवा विकास बैंकले ब्याजमा भारी छुट दिने योजना ल्याएको छ ।
बैंकले उक्त योजना अन्तर्गत हायर पर्चेज कर्जा लिएका ग्राहकहरुले २०७७ साल असार मसान्त सम्मको भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल साउन २० गते सम्म भुक्तानी गरेमा साउन महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने बैंकले जनाएको छ ।
उक्त योजनाले यातायात व्यवसायीहरुलाई अधिकतम लाभ पुर्याउने विश्वास लिएको बैकले जनाएको छ ।
वि.सं.२०७७ साउन ७ बुधवार १७:५१




















