मुक्तिनाथ ग्राहक विशेष लाभ योजना, ब्याजदरमा २ प्रतिशत छुट
वि.सं.२०७७ साउन ७ बुधवार १७:२२
1.1K
shares
काठमाडौं: मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ विकास बैंकले यस योजना अन्तर्गत बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्त सम्मको कर्जाको बाँकी सांवा र ब्याज यही २०७७ साउन मसान्त सम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत छुट प्रदान गर्ने व्यबस्था गरेको छ ।
बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिम सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्नुका साथै मोबाईल बैंकिङ्, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ् लगायतका सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
वि.सं.२०७७ साउन ७ बुधवार १७:२२




















