आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सार्वजनिक: ग्लोबल आइएमई बैंक
वि.सं.२०७७ साउन ८ बिहीवार १४:१२
1.1K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी खरिद गर्न र सेयरको धितोमा कर्जा लिन चाहने ग्राहकहरुलाई लक्षित गरि आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सार्वजनिक गरेको छ ।
ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ व्याजदरमा घर जग्गा कर्जा पाउने र १ वर्षसम्म यस कर्जाको व्याजदर स्थिर रहने छ । त्यस्तै सेवाग्राहीले ८.९९ मा गाडी कर्जा र ९.४९ मा सेयरको धितोमा कर्जा पाउने बैंकले जानाएको छ।
कोरोना भाईरसको त्रास रहिरहेको अवस्थामा सेवाग्राहीलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रदान गर्ने र ग्राहकले आवश्यक कागजात बैंकमा पेश गरेको तीन कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले जानाएको छ ।
सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध गर्दै यस योजनामा सहभागी हुने सेवाग्राहीले डेबिट/क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क र लकर सुविधामा ५० प्रतिशत छुट पाउनुका साथै यो सेवा ग्लोबल आइएमईका सम्पूर्ण शाखामा उपलब्ध हुने बैंकले जानाएको छ ।
वि.सं.२०७७ साउन ८ बिहीवार १४:१२




















