नेको इन्स्योरेन्स र एसबीआईले बैंकका खातावालाहरुको बीमा गर्ने
वि.सं.२०७७ असार १ सोमवार २३:४७
1.8K
shares
काठमाडौं: नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने गर्ने सम्झौता भएको छ । सम्झौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा नेपाल एसबीआई बैंकको तर्फबाट बैंकका मुख्य ब्यापार प्रवर्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नेपाल एसबीआई बैंकमा खाता खोल्ने ग्राहकहरुले बीमा लेख बमोजिम नेको इन्स्योरेन्सबाट स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।
वि.सं.२०७७ असार १ सोमवार २३:४७



















