नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा कोरोना कोषमा २५ लाख सहयोग
वि.सं.२०७७ जेठ ४ आइतवार १८:१६
1.6K
shares
काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २५ लाख सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट उप–सचिव विष्णु प्रसाद घिमिरे र बैंक व्यवस्थापनको तर्फबाट सुवर्ण कुमार सिंह समेतको उपस्थिति रहेको थियो । मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी पूर्वाधारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने उद्देश्य सहित स्थापना भएको बैंकको हाल अधिकृत पूँजी ४० अर्व, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्व रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी २० अर्व पुग्नेछ ।
बैंकले आ.व.२०७६/७७ को तेस्रो त्रयमासमा ५९ करोड ६४ लाख २८ हजार खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
वि.सं.२०७७ जेठ ४ आइतवार १८:१६



















