दिवेश पोखरेल बने १८औं अमेरिकन आइडलको उपविजेता
वि.सं.२०७७ जेठ ५ सोमवार ०८:१५
काठमाडौं: नेपाली युवा गायक दिवेश पोखरेल अर्थात् आर्थर गन १८औं अमेरिकन आइडलको उपविजेता बनेका छन् । आइतबार राति भएको फाइनलमा दिवेश पोखरेल १८औं अमेरिकन आइडलमा देस्रो घोषित गरिए । यो कुनै पनि नेपालीले हलिउडमा जितेको सम्भवतः सबैभन्दा ठूलो रियालिटी शोको उपाधि हो । अमेरिकन आईडलको उपाधि जस्ट साम नामकी युवतीले जितिन् ।
अन्तिम प्रस्तुतिमा पोख्रेलले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाएका थिए । प्रस्तुतिपछि जज केटी पेरीले द बेष्ट भनी प्रतिक्रिया दिएकी थिइन् । उनको दोस्रो गीतको प्रस्तुतिमा नेपालका स्वयम्भूनाथको दृश्य देखाइएको थियो । गत हप्ता अमेरिकन आइडलका टप ७ प्रतिस्पर्धीको घोषणा गरिएको थियो । टप ७ मा अघिल्लो साता दिवेश पोखरेल–आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए । यी ७ जनामध्येबाट एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको थियो ।
वि.सं.२०७७ जेठ ५ सोमवार ०८:१५