कोरोना कोषमा स्टान्डर्ड चार्टर्ड बैंकले दियो एक करोड १६ लाख
वि.सं.२०७७ जेठ ४ आइतवार १८:१०
1.4K
shares
काठमाडौं: नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा स्टान्डर्ड चार्टर्ड बैंकले १ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्भान घोष दोस्तिदारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरे ।
हस्तान्तरणका क्रममा दस्तीदारले भने, ‘नेपालमा ३३ वर्षदेखि सेवारत बैंकको रुपमा हामी देशप्रति प्रतिवद्धता दोहोर्याउन चाहन्छौं । हाम्रो ब्राण्डद्वारा गरिएको सहयोगले महामारी नियन्त्रणमा सरकारको कार्यमा योगदान पुग्ने विश्वास छ ।’ मन्त्री भट्टले बैंकलाई सहयोगको लागि धन्यवाद ज्ञापन गरे । यसैगरी, बैंकले यसअघि कोरोनाभाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि ग्लोबल फण्डलाई ५० मिलियन डलर सहयोग गरिसकेको छ ।
वि.सं.२०७७ जेठ ४ आइतवार १८:१०



















