कर्मचारीलाई एशियन लाइफद्वारा कोरोना बिमा
वि.सं.२०७७ वैशाख १७ बुधवार ०९:३४
1.5K
shares
काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीहरुका लागि एक लाख बिमांकको कोरोना भाइरस बिमा गरिदिएको छ ।
बिमालेख प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडमार्फत जारी गरिएको कम्पनीले जनाएको छ । यस बिमालेखबाट कम्पनीमा कार्यरत कर्मचारीहरुलाई संभावित आर्थिक जोखिम बहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । यो बिमालेख अन्तर्गत कम्पनीका कुनैपनि कर्मचारीलाई पीसीआर परीक्षणको क्रममा कोरोना पोजिटिभ देखिएको अवस्थामा बिमकले एक लाख भुक्तानी गर्नेछ ।
बिषम परिस्थितिमा पनि सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्न खटिएका कर्मचारीहरुको मनोबल उच्च बनाउने उद्देश्यले यो काम भएको कम्पनीको भनाई छ । कम्पनीले यसअघि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत कम्पनी, संचालक समिति र कर्मचारीहरुको तर्फबाट ७ वटै प्रदेश सरकारबाट स्थापित कोरोना रोकथाम तथा नियन्त्रण सहयोग कोषमा रु ५ लाखको दरले कुल ३५ लाख सहयोग गरिसकेको छ ।
वि.सं.२०७७ वैशाख १७ बुधवार ०९:३४



















