प्रभु पेबाट घरबाटै कोरोना बीमा गर्न सकिने
वि.सं.२०७७ वैशाख १७ बुधवार ०९:३३
1.4K
shares
काठमाडौं: प्रभु पेबाट घरमै बसी कोराना भाइरस बीमा गर्न सकिने भएको छ । डिजिटल प्रविधिबाट प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकलाई बीमा शुल्क भुक्तानीमा थप सहज हुने गरि प्रभु पे मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
यसका लागि बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट मोबाईलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् । उनीहरुले तीन सय रुपैयाँबाट शुरु हुने कोरोना भाइरस बीमा लेख खरिद गर्न सक्नेछन् । साथै, सम्भावित सङ्क्रमणबाट ५० हजार वा एक लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पाउने छन् ।
वि.सं.२०७७ वैशाख १७ बुधवार ०९:३३



















