YouTube Link

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका १३ वटा जिल्लाका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Facebook Link

काठमाडौं: बागमती प्रदेशका १३ वटै जिल्लामा पत्रकारका लागि कोरोना भाईरसबाट सुरक्षित रहन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समिति र उपत्यका समितिको संयोजनमा कोरोना भाइरस महामारीका बेला अग्रपंक्तिमा रहेर बागमती प्रदेशमा काम गरिरहेका पत्रकारका लागि सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले मंगलबार १३ वटै जिल्लामा कार्यरत करीव पाँच सय पत्रकारका माक्स, स्यानेटाइजर र पञ्जा बितरण गरेको हो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, धादिङका अध्यक्ष नवराज छत्कुली, नुवाकोटका लागि प्रदेश समिति सदस्य रामहरि गजुरेल र रसुवाका अध्यक्ष हेमनाथ खतिवडालाई सम्बन्धित जिल्लाका पत्रकारका लागि नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की, रामेछापका अध्यक्ष रमेश ढुंगेल, दोलखाका लागि प्रदेश समितिका सदस्य बद्री नयाँघरे, काभ्रेपलाञ्चोकका अध्यक्ष मोतीराम तिमिल्सिना, सिन्धुपाल्चोकका अध्यक्ष महेश श्रेष्ठ, काठमाडौका अध्यक्ष शान्तराम बिडारी, भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेललाई सम्बन्धित जिल्लाका पत्रकारका लागि सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ प्रदेश समितिका उपाध्यक्ष यदु गौतम, महासचिव कृष्ण सारुमगर र उपत्यका समितिका महासचिव श्रृजन झाले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

फोटो पत्रकार, टेलिभिजन, रेडियो, अनलाइन र पत्रिकामा काम गर्ने पत्रकारलाई प्राथमिकताका आधारमा ती सामग्री वितरण गर्न नेपाल पत्रकार महासंघका जिल्ला शाखालाई अनुरोध गरिएको छ । यसैगरी फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्कीलाई ती सामग्री हस्तान्तरण गरिएको छ । सञ्चार रजिष्ट्रार कार्यालयमा आइपुग्न सक्ने केहि पत्रकारले पनि ती सामग्री प्राप्त गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरिएका सामग्री मंगलबार १३ वटै जिल्लामा पुरयाउने व्यवस्था मिलाइएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...