नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा कोरोना कोषमा एक करोड सहयोग
वि.सं.२०७६ चैत २१ शुक्रवार १४:०१
1.3K
shares
काठमाडौं: नेपाल सरकारले लागु गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ । बैंकले विज्ञप्ती जारी गर्दै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रहम सहयोग गरेको जनाएको छ ।
बैंकले सरकारको कोरोनाभाइरस महामारीको सामना गर्न प्रतिवद्ध रहेको पनि जनाएको छ । देशमा आइपर्ने कुनैपनि कठिन परिस्थितिमा पनि सहयोग गर्ने बैंकले प्रतिवद्धता जनाएको छ ।
वि.सं.२०७६ चैत २१ शुक्रवार १४:०१




















