YouTube Link

कोरोना संक्रमितको निःशुल्क उपचार नगरे अस्पताललाई कारबाही हुने

Facebook Link

काठमाडौ : सरकारले कोभिड -१९ अर्थात कोरोना भाइरस लागेकोलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्यवन नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोराना संक्रमितलाई निःशुल्क उपचार गर्न निर्देशन जारी गर्नुका साथै परिपत्र पनि जारी गरिसकेको छ ।

यस्तो अवस्थामा अस्पतालले त्यस्तो नगरे मन्त्रालयले कारबाही गर्ने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने जानकारी दिएका छन् ।

अधिकारीले केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी गराए ।

कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश– २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पिसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

त्यस्तै सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

वि.सं.२०८२ पुस १४ सोमवार ११:३४

काठमाडौं: कलंकी-१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले आफ्नो स्थापनाको...

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:४०

काठमाडौं: विगत लामो समयदेखि वैदेशिक रोजगारका लागि कतार पुगेका सामुयल...

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०८२ असार २० शुक्रवार १८:४४

काठमाडौं: नेपालमा डेंगीको संक्रमण ७३ जिल्लामा फैलिएको छ । पछिल्लो...

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

वि.सं.२०८२ असार १३ शुक्रवार १६:४३

काठमाडौं: नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको...