Rajshow Bivag

कोरोना संक्रमितको निःशुल्क उपचार नगरे अस्पताललाई कारबाही हुने

Departmant of helth services

काठमाडौ : सरकारले कोभिड -१९ अर्थात कोरोना भाइरस लागेकोलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्यवन नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोराना संक्रमितलाई निःशुल्क उपचार गर्न निर्देशन जारी गर्नुका साथै परिपत्र पनि जारी गरिसकेको छ ।

यस्तो अवस्थामा अस्पतालले त्यस्तो नगरे मन्त्रालयले कारबाही गर्ने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने जानकारी दिएका छन् ।

अधिकारीले केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी गराए ।

कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश– २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पिसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

त्यस्तै सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एचएनबिजिले जन्माएको इजाकाया होक्काइडो जापानिज फुड कल्चर

एचएनबिजिले जन्माएको इजाकाया होक्काइडो जापानिज फुड कल्चर

वि.सं.२०८० चैत २४ शनिवार ०८:३५

  काठमाडौं: होक्काइडो नेपाल बिजनेस ग्रुप(एचएनबिजि)ले आफ्नो छैटौं शाखा इजाकाया...

बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गता, विश्वका ४६ करोड मानिसमा श्रवण समस्या

बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गता, विश्वका ४६ करोड मानिसमा श्रवण समस्या

वि.सं.२०८० फागुन २० आइतवार १२:२५

  काठमाडौं: सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिष्ट अफ नेपालले विश्व श्रवण दिवसका...

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

वि.सं.२०८० फागुन १३ आइतवार ०८:०९

  काठमाडौं: सरकारले आजदेखि जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा...

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ नाराका साथ क्यान्सर दिवस मनाइयो, ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट ​

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ नाराका साथ क्यान्सर दिवस मनाइयो, ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट ​

वि.सं.२०८० माघ २१ आइतवार १५:०८

  काठमाडौं: विश्व क्यान्सर दिवसविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको...

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?

वि.सं.२०८० माघ १५ सोमवार १२:२२

  जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई...

औषधि उत्पादनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक गृहकार्य गर्न प्रधानमन्त्रीको निर्देशन

औषधि उत्पादनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक गृहकार्य गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० माघ १५ सोमवार ११:४८

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई...