YouTube Link

इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने

Facebook Link

काठमाडौं:  नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने अनुमति दिएको छ  । नेपालको अहिलेसम्मकै ठूलो प्राथमिक शेयर (आइपिओ) आउने भएको छ ।

यो आर्थिक वर्षभित्र नेपालकै एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको उक्त प्रस्ताव पारित भएसँगै नेपालमा हालसम्म निष्कासन भएका आइपिओमध्ये सबैभन्दा ठूलो आईपीओ हुने छ ।

नेपाल राष्ट्र बैंकबाट गत माघ २८ गते इजाजत पाएको यो बैंक पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको हो । यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ ।

४० अर्ब रुपैयाँ अधिकृतपूँजी र २० अर्ब रुपैयाँ जारी पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, पब्लिक लिमीटेड कम्पनीहरुको करिब ४० प्रतिशत, निजी लगानीकर्ताहरुको करिब १० र बाँकी ४० प्रतिशत शेयर  सर्वसाधारणका लागि छुट्याइएको छ ।

बैंकले सर्वसधारणबाट उठाउन पर्ने  ८ अर्ब बराबरकै आइपीओ जारी गरी सर्वसाधारणलाई समेत यो बैंकमा लगानीकर्ताको रुपमा भित्र्याउने बैंकको योजना अनुसार आईपीओ जारी गर्न लागेको हो  ।

सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको यस बैंकले अन्तर्राष्ट्रिय, सार्वजनिक तथा निजी क्षेत्रहरुसँग सहकार्य गरी नेपालको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन यस बैंकको ऋणदाताको रुपमा काम गर्ने उद्देश्य रहेको छ ।

यो पनि पढ्नुहोस् : https://www.akhabarnepal.com/2020/11/19273/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...