राष्ट्रिय वाणिज्य बैंक र सुनकोशी गाँउपालिकाबिच सम्झौता
वि.सं.२०७७ मंसिर ४ बिहीवार १५:५०
1.7K
shares
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले सिन्धुलीको सुनकोशी गाँउपालिकालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहिबार काठमाडौंमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सुनकोशी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल) ले हस्ताक्षर गर्नु भएको छ।
गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । सिफारिश प्राप्त उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असूलीमा सघाउ पुग्ने बताए । गाँउपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल) ले यस्तो सहुलियतपूर्ण कर्जा युग परिवर्तन गर्नको लागि अवसर हुने बताउनु भयो ।
यो पनि पढ्नुहोस् : https://www.akhabarnepal.com/2020/11/19295/
वि.सं.२०७७ मंसिर ४ बिहीवार १५:५०




















