धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन
वि.सं.२०७६ चैत १ शनिवार ०९:१३
1.2K
shares
जनकपुरः धनुषाको जनकपुर उपमहानगरपालिका-४ स्थित जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिप राज कडेंलले उद्घाटन गरे ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले धनुषा जिल्ला प्रशासन कार्यलयमा पनि सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।
वि.सं.२०७६ चैत १ शनिवार ०९:१३



















