एनआईसी एशिया बैंकको नगद उपहारको अफर
वि.सं.२०७६ चैत १ शनिवार ०९:१३
1.4K
shares
काठमाडौं: एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ । यो योजना अवधिभर मर्चेन्टहरूले १५,००० रूपैयाँसम्म र ग्राहकहरूले १,५०० रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् ।
साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत ग्राहकहरू तथा मर्चेन्टहरूले चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ । बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउँदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ ।
वि.सं.२०७६ चैत १ शनिवार ०९:१३



















