सिटिजन्स बैंकको नयाँ दुई खाता शुभारम्भ
वि.सं.२०७६ चैत १ शनिवार ०९:१२
1.6K
shares
काठमाडौं: सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ दुई नयाँ खाताको शुभारम्भ गरेको छ ।
पाँच लाखमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५०% को उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बिमाको लाभ समेत प्राप्त गर्न सक्ने जानकारी गराईएको छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू ५० हजारको स्वास्थ्य बिमा (अस्पतालभर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खातावाहकलाई उपलब्ध हुनेछ ।
साथै, शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायीहुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति रू २५ हजारको स्वास्थ्य बिमा (अस्पतालभर्ना खर्च) र रू ३ लाख सम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खातावाहकलाई उपलब्ध गराईने छ ।
यी दुबै योजनामा निःशुल्क भिसा डेविट कार्ड निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिङ्ग सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा निःशुल्कदर्ता, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट-स्विफ्ट जारी गर्दा ५०% छुट, नेपाल भरीका जुन सुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।
वि.सं.२०७६ चैत १ शनिवार ०९:१२




















