YouTube Link

अमेरिकामा शेर्पा संघले ग्याल्पो लोसार शुभकामना कार्यक्रमको आयोजना गर्दै

Facebook Link

काठमाडौं: हिमाली बौद्ध धर्मावलम्बीहरूको महान् पर्व ग्याल्पो लोसार २१५३ को अवसरमा शेर्पा संघ अमेरिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको लोसार शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

 

नेपाल  महावाणिज्य दुतको  प्रमुख आतिथ्यमा, फेब्रुअरी २८ का दिन सुन्यसाईड एनवाइस्थित बजेको सेकुवा मा  सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) ले बताए । कार्यक्रममा परम्परागत लोसार संस्कृतिलाई झल्काउने नृत्य, गीत–संगीत, सामूहिक शुभकामना आदान–प्रदान तथा समुदायबीच भेटघाटका विविध कार्यक्रम समावेश गरिने तयारी भएको अध्यक्ष शेर्पाले बताए ।

 

अमेरिकामा  बसोबास गरिरहेका नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आइएको आयोजकले बताएको छ । लोसार अर्थत नयाँ वर्षमा खुशीयालीसँगै मनाउन लागेको शुभ-कामना कार्यक्रममा आयोजकले अमेरिकामा रहेका सम्पूर्ण शेर्पा समुदय नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन समेत निमन्त्रणा गरेको छ ।

 

ग्याल्पो लोसार मन्जुश्री पात्रो अनुसार नयाँ वर्षको सुरुवातको प्रतीक पर्व हो, जसले पुरानो वर्षका दुःख–कष्टलाई विदाइ गर्दै नयाँ आशा, ऊर्जा र समृद्धिको स्वागत गर्ने सन्देश दिन्छ । परम्परागत रूपमा हिमाली क्षेत्रमा धार्मिक पूजाआजा, सांस्कृतिक नृत्य, पारिवारिक जमघट तथा सामूहिक उत्सवका माध्यमबाट लोसार मनाइन्छ ।

 

समयसँगै विश्वका विभिन्न मुलुकमा फैलिएको हिमाली तथा नेपाली समुदायले पनि लोसारलाई आफ्नो सांस्कृतिक पहिचानको प्रतीकका रूपमा उत्साहपूर्वक मनाउँदै आएका छन् । अमेरिका र युरोपदेखि  एशियाका विभिन्न देशसम्म लोसार बिशेष गरि (छेवासुम)को लेसार लप्सो लगायत चाड पर्वाहरू सहि तिथि मितिमा मनाउन सबै शेर्पा संघसंस्थाहरुलाई  विश्व शेर्पा  संघले प्रेस विज्ञप्ती जारी गर्दै परम्परागत उत्सव मार्फत विश्वव्यापी रूपमा मनाउन आग्रह गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...