सिकेसँगको भेटमा के भने गृहमन्त्री खाँडले ?
वि.सं.२०७९ वैशाख २ शुक्रवार १५:२२
2.2K
shares
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँडले जनमत पार्टीका अध्यष सिके राउतसँग भेटवार्ता गरेका छन् । मन्त्री खाँडले आज गृहमन्त्रालयमा राउतसँग भेटेका हुन ।
भेटका क्रममा राउत नेतृत्वको संगठनसँग विगतमा भएका सहमति कार्यान्वयनबारे छलफल भएको जनाइएको छ ।
आज भएको भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागिता रहेको थियो ।
जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी थिए ।
भेटका क्रममा राउतले कृषि आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्तालाई रिहा गर्न माग राखेका थिए । यस्तै उनले मधेस आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग राखेका थिए ।
सरकारका तर्फबाट गृहमन्त्री खाणले मुलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य काम भएको बताए ।
उनले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए ।
जनमत पार्टीका अध्यक्ष राउतले किसान आन्दोलनका माग कुनै न कुनै रूपमा सम्बोधन होस् भन्ने आफूहरूको माग रहेको बताएका थिए ।
वि.सं.२०७९ वैशाख २ शुक्रवार १५:२२




















