YouTube Link

चालु आर्थिक बर्षको पहिलो ८ महिनामै १ लाख ४४ हजार ऋणी थप

Facebook Link

 

काठमाडौं: चालु आर्थिक बर्ष २०७८/७९ को पहिलो ८ महिनामै सहुलियतपूर्ण कर्जा प्रवाहमा उल्लेख्य वृद्धि भएको छ ।

 

बैंकहरुमा बढ्दो तरलता अभावकाबीच पनि यस्तो कर्जा गत आर्थिक बर्षको तुलनामा १ खर्ब ५६ अर्ब १९ करोड रुपैयाँले बढेको देखिन्छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्ष १ लाख ४ हजार १ सय ९ जनाले १ खर्ब ६१ अर्ब ४३ करोड रुपैयाँ सहुलियत ऋण लिएका थिए ।

 

चालु आर्थिक बर्षको पहिलो ८ महिनामा विभिन्न बैंकहरुले १ लाख ४४ हजार ६ सय २० जनालाई २ खर्ब १५ अर्ब ७६ करोड रुपैयाँ बराबर सहुलियत कर्जा वितरण गरेका छन् ।

 

सरकारले नेपाली युवाहरुलाई कृषिमा आकर्षित गर्न र उद्यमशील बनाउन ल्याईएको ब्याज अनुदान कर्जामा मोह बढ्दो छ ।

 

उद्यमशील बन्न ईच्छा भएका युवाहरुलाई लक्षित गरि बैंकमार्फत प्रवाह हुने कर्जामा अनुदान दिने गरेको छ ।

 

नेपाल राष्ट्र बैंकले ब्याजमा अनुदान दिनेगरी विभिन्न १० प्रकारका कर्जालाई सहुलियतपुर्ण कर्जाको सूचीमा राखेको छ ।

 

जसमा सबैभन्दा बढी कर्जा प्रवाह व्यवसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा भएको देखिन्छ । युवाहरुलाई कृषिमा आकर्षित गर्नका लागि राखिएको उक्त शीर्षकमा चालु आवको ८ महिनामा मात्रै १ खर्ब ३७ अर्ब ७९ करोड रुपैयाँ बढीको कर्जा प्रवाह भएको छ ।

 

८ महिनामा स्वीकृत भएको कुल सहुलियतपूर्ण कर्जाको ६३ दशमलव ८६ प्रतिशत हो । अर्थात कुल सहुलियतपूर्ण कर्जाको ६३ प्रतिशत हिस्सा व्यवसायिक कृषि तथा पशुपालन कर्जाले ओगटेको देखिन्छ ।

 

यो शिर्षकको कर्जा पनि पछिल्लो ३ बर्षयता बढिरहेको छ । अघिल्लो आर्थिक बर्ष ८ महिनामा ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको मात्रै प्रवाह भएको यस्तो कर्जा गत आवमा भने बढेर १ खर्ब ६ अर्ब ९७ करोड पुगेको थियो ।

 

यस्तो कर्जा यो बर्षको पहिलो ८ महिनामा ५९ हजार ५ सय ६० व्यक्ति संस्थाले लिएका छन् ।

 

धेरै सहुलियतपूर्ण कर्जा प्रवाह हुने शीर्षकहरुमध्ये दोस्रो स्थानमा भने महिला उद्यमशील कर्जा छ । यो शीर्षकमा पछिल्लो ८ महिनामा मात्रै ७४ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

 

यस अवधिमा ८२ हजार १ सय ९७ जना महिलाले यस्तो कर्जा लिएको तथ्यांकमा देखिन्छ ।

 

नेपाल राष्ट्र बैंकले २०७५ सालमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागु गर्दै यस्ता कर्जाहरु प्रवाह गर्ने नीति अघि सारेको थियो ।

 

यस्तो कर्जामा कर्जाको ब्याजबाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन नपाइने कार्यविधिमा छ । बैंकले लिने व्याजमा पनि ५ प्रतिशत सरकारले अनुदान दिने गर्दछ ।

 

यदि बैंकले ८ प्रतिशत व्याज तोकेको खण्डमा ऋणीले ३ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ । जसका कारण पछिल्लो समय यो कर्जामा ऋणीहरुको आकर्षण बढेको देखिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...