नबिल बैंकले अनलाइनबाटै ऋण कर्जाका आवेदन गर्न मिल्ने व्यवस्था
वि.सं.२०७८ साउन १२ मंगलवार ०८:५८
2K
shares
काठमाडौं : नबिल बैंकले अनलाइनबाटै ऋण कर्जाका लागि आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझ्यौला ऋण कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।
नबिल बैंकले अनलाइनबाटै ऋण कर्जाका लागि आवेदन गर्न मिल्ने यो सुविधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरुको प्रयोग गर्न सक्नेछन्।
बैंकले आधिकारिक वेबसाइटमार्फत ऋण कर्जाका लागि आवेदन दिने सीमित ग्राहकलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ। यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक– गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरुप रहेको छ।
आफ्नो देशभर १३५ वटा शाखा कार्यालय, १८३ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ।
एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीका साथ ३७ वर्षको बैंकिङ अनुभवका साथ, बैंकको ग्राहक लाई मूल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणका लागि लक्षित छ।
यो पनी पढ्नुहोस् :
एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत
वि.सं.२०७८ साउन १२ मंगलवार ०८:५८




















