YouTube Link

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत

Facebook Link

काठमाडौं:  एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेको छ । बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेको हो ।

 

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेसंगै बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले यस नवीन सेवाअनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरुमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

 

कोभिड महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी एनआईसी एसियाको मोबाइल बैंकिङ एपबाट आईपीओमा आवेदन दिन सकिने सुविधाको सुरुआत गरेको हो।

 

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपभित्र रहेको ‘Apply Share’ आइकनमा ट्याप गरेर आवेदनदिन सक्नेछन्। ‘Apply Share’ आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपीओ खुलेका कम्पनीहरुमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ ।

 

त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सोबाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको सर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ।

 

ग्राहकले आफ्नो स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओमा आवेदन दिनुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।

 

यसरी घरमै बसेर आईपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरुले एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली समयमै आईपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सक्ने बैंकले जनाएको छ।

 

यसका साथै बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको Apply Now आइकनमा ट्याप गरेरसमेत आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरेको छ।

 

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७१ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो पनी पढ्नुहोस् :

देशभर मनसुन सक्रिय भई बुधबारसम्म हल्कादेखि मध्यम वर्षा

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...