Rajshow Bivag

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत

Departmant of helth services

काठमाडौं:  एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेको छ । बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेको हो ।

 

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेसंगै बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले यस नवीन सेवाअनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरुमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

 

कोभिड महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी एनआईसी एसियाको मोबाइल बैंकिङ एपबाट आईपीओमा आवेदन दिन सकिने सुविधाको सुरुआत गरेको हो।

 

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपभित्र रहेको ‘Apply Share’ आइकनमा ट्याप गरेर आवेदनदिन सक्नेछन्। ‘Apply Share’ आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपीओ खुलेका कम्पनीहरुमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ ।

 

त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सोबाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको सर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ।

 

ग्राहकले आफ्नो स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओमा आवेदन दिनुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।

 

यसरी घरमै बसेर आईपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरुले एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली समयमै आईपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सक्ने बैंकले जनाएको छ।

 

यसका साथै बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको Apply Now आइकनमा ट्याप गरेरसमेत आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरेको छ।

 

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७१ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो पनी पढ्नुहोस् :

देशभर मनसुन सक्रिय भई बुधबारसम्म हल्कादेखि मध्यम वर्षा

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...