YouTube Link

मूल ढोकामा गणेशजीको मुर्ति राख्नु राम्रो होईन

Facebook Link
vision

हाम्रो सोचमा नयापन, फरकपन, फुर्तिलोपन र सकरात्मक दायरा हुदैन भने हामी जीवनमा भईरहेको, चलिरहेको काम कायमै राख्न सक्छौ तर नया किसिमको सोच भित्र्याउन सक्दैनौ । अवचेतन मनलाई क्रियाशील बनाउने क्रियालाई वास्तुमा महत्त्वपूर्ण पाटोको रुपमा हेरिन्छ। हामी ईसाई, मुस्लिम, नास्तिक, यहुदी, कुरान वा राक्षसमा विश्वास गर्छौ भन्ने कुराले कुनै फरक पर्दैन, हामि सबैसंग समान दिमागी संरचना छ।

 

श्रीस्वस्थानी ब्रत कथामा आधारित हुदा पार्वतीले गणेशजीलाई ढोकामा रेखदेखको लागि पठाउदाको बेला महादेवले उनको शिर काटीदिएको प्रसङ्ग आउछ । श्री गणेशजीलाई घरको मुलढोका वा कम्पाउण्ड गेटमा राख्नु राम्रो मानिदैन । गणेशजी द्वारपाल होईनन् अधिपति हुन् । यो कुरा उत्तरपुर्व अर्थात् ईशान कोणको हकमा भने लागु हुदैन ।

 

मुलधार चक्रको अधिष्ट देव गणेश हो तसर्थ मन्दिरको गटमा भने राखिन्छ। मन्दिरमा जव प्रवेश गरिन्छ प्रवेशद्वारको डोमेन गणेशजीलाई मानिन्छ । मन्दिरलाई सात चक्रको यात्राको रुपमा लिन सकिन्छ । महावास्तु अनुसार घरको उत्तरपूर्वमा एक भन्दा बढी गणेशजी राख्नु हुदैन । दुई वा सो भन्दा बढी गणेशजी भएमा व्यक्तिको निर्णयगर्ने छ्यमतामा कमि आउछ । उसले गर्ने हरेक नया काममा दुबिधा उत्पन्न हुन्छ जसले गर्दा छिटो निर्णय गर्नसक्ने छ्यमतामा ह्रास आउछ ।

 

 

बैज्ञानिक तथ्यहरुलाई केलाउदा हाम्रो दिमागमा गणेशजीको शिर अंकित भाग देखिन्छ । हामीले गुगलमा नर्भस सिस्टमको आकृति भनेर सर्च गर्दा यस्तो आकृति देखिन्छ जुन गणेशजीको सूड र दुइवटा दन्त निस्केको जस्तो देखिन्छ । यसमा दिईएको चित्रमा हेर्नुहोस् आखा, कुण्ड, कान,  सुड  र भगवान् श्री गणेशजीको नाकको बिचको रेखा समेत हाम्रो मस्तिष्कको तस्विरमा प्रस्टै देखिन्छ । गणेशजीको लामो सुडले दुरसंग सम्बन्ध राख्दछ । जब हामीलाई कुनै दिक्कत पर्दछ तब हाम्रो विचारको दायरा फराकिलो हुनु जरुरी हुन्छ । गणेशजीको सुड बुद्दिको एक प्रतिक पनि हो । गणेशको अनुहार पोन्समा मिल्दोजुल्दो छ, मेडुला ट्रंकमा मिल्दोजुल्दो छ । ट्रिजेर्मल स्नायुको जराले गणेशको आँखा प्रतिनिधित्व गर्दछ, पोन्समा स्नायुहरूको समूहले टस्कलाई प्रतिनिधित्व गर्दछ । सेरिबेलमले कान जनाउँदछ। गज्जबको कुरा त यी संरचनाहरू केवल गणेश जस्तो देखिँदैन, तर मानव शरीरविज्ञानमा तिनीहरूको कार्यहरू गणेशलाई सम्बोधन गरिएको कार्यहरू र गतिविधिहरूको अनुरूप छ । घरको उत्तरपूर्वमा गणेशजी भएमा हाम्रो सोच्ने नर्भस सिस्टमको दायरा बढाउन सहयोग पुर्याउछ । सानो विशिष्ट विवरणहरू जस्तै गणेशजीको  हेड्रेसमा रातो कपडा र रेखाले सामन्तता प्रमाण दिन्छ । रातो कपडा पिट्युटरी ग्रंथीको ठाउँमा हुन्छ । गणेश सुडको बीचमा रेखाले पोन्सको दिमागको विभाजनलाई प्रत्यक्ष प्रतिनिधित्व गर्दछ । पाइनल ग्रन्थि वा तेस्रो आँखा तपाईको दिमागमा सिधा पीएसआई चिन्हमा अवस्थित छ ।

 

 

हाम्रो पृथ्वी उत्तरपूर्वतर्फ २३.५ डिग्री ढल्केको छ र यसले सुर्यलाई परिक्रममा गर्दा सोहि अबस्थामै गर्दछ ।  पृथ्वी आफैमा पनि घुम्दछ । पानी भएको एउटा कुवामा खाली भाडो डुवाएर पानि निकाल्दा त्यो भाडो ढल्किएको भाग तर्फबाट कुवाको पानि भाडो भित्र प्रवेश गर्छ । ठिक त्यसैगरी पृथ्वी पनि उत्तरपूर्व कोल्टेकै कारण पुर्वबाट आउने जैविक उर्जा र उत्तरबाट आउने भू चुम्बकीय उर्जाको बढी मात्रा यहि २३.५ डिग्रीको कोल्टीएको भाग बाट हाम्रो संरचनामा प्रवेश गर्दछ ।

मस्तिष्कमा रहेको  पदार्थलाई मात्र विचार गर्नेहो भने हाम्रो खोपडी खोल्ने माध्यमबाट सबै चीज बनाउने तत्त्व एन्डिल हो । खोपडी खुल्दा मेरुदण्डको मस्तिष्क मेदुला अर्थात् ज्ञान आकाश; जहाँ सबै महत्त्वपूर्ण जीवन केन्द्रहरू मानव शरीर रचनामा उपस्थित भई सहजै खुल्छन अनि हाम्रो सबै शरीरमा उर्जा प्राप्त हुन्छ र सकारात्मक सोच को विकास सुरु हुन्छ । सर्बप्रथम हाम्रो दिमाग खुलोस् भनेर नै सुरुमा सर्वप्रथम गणेशजीको पूजा गर्नुपर्छ भनिएको हो ।

यो ब्रह्माण्ड अणु र अन्य थुप्रै उर्जाहरुको ग्रुप हो। गण भनेको ग्रुप हो । यो अणुहरु र अन्य उर्जाहरुको ग्रुप अर्थात् गण र यसका मालिकलाई गणपति भनिन्छ। हाम्रो घरको १६ वटा दिशाहरुमध्ये घरको उत्तरपुर्व अर्थात् घडी घुम्ने दिशामा ठिक उत्तर दिशालाई ० डिग्री हेर्दा ११.२५ डिग्री देखी ३३.७५ डिग्री सम्मको हाम्रो संरचनाको भागलाई इशान दिशा भनिन्छ जुन सोच्छ मनको दिशा हो । यदि हाम्रो नया सोच, बिचारको दायरा बढाउनु छ भने हाम्रो घरको उत्तरपूर्व दिशालाई सन्तुलनमा राख्न एकदमै जरुरी हुन्छ । घरको सबैभन्दा महत्त्वपूर्ण दिशा उत्तरपूर्व हो ।

 

अवचेतन मनलाई क्रियाशील बनाउने प्रतिकलाई महावास्तुमा महत्त्वपूर्ण पाटोको रुपमा हेरिन्छ । कसैको घरमा दक्षिण र नैऋत्य बिचको दिशामा गणेशजीको फोटो, मुर्ति वा सोसंग सम्बन्धित प्रतिक छ भने उसको बुद्दी भ्रस्ट भएको वा हुदै गरेको संकेत हो, नयाँ सोचको पूर्णविराम हो । घरको यो दिशामा मन्दिर हुनुलाई नराम्रो पक्षको रुपमा लिईन्छ किनकि यो दिशा एक अवचेतन मनले बुझ्ने भाषामा फाल्ने वा खत्तम बनाउने दिशा हो । यदि हामीले घरमा मन्दिर बनाउदैछौ भने हामीले कुन भगवानको मुर्ति कुन दिशामा राख्न हुन्छ कुनमा हुदैन भन्ने कुरा प्रस्ट हुनुपर्छ। मन्दिर हाम्रो स्व इच्छाले जता मिल्छ उतै राख्नु हुदैन ।

 

बिपरित दिशामा मन्दिर हुन गएमा जति हामीले त्यो दिशामा बसी उक्त भगवानप्रति विश्वासको भाव अर्पण गर्दै जान्छौ उतिनै हाम्रो अवचेतन मन निस्क्रिय हुदै जान्छ जसले गर्दा हाम्रो सोच अनुसारको परिणाम आउदैन। उत्तरपुर्व अर्थात् ईशान दिशामा सबै भगवानलाई राख्न सकिन्छ । ख्याल गर्नुपर्ने कुरा यो दिशामा गणेशजी एक भन्दा बढी हुनु हुदैन । अर्को सबै भगवान राख्न मिल्ने दिशा भनेको पश्चिम दिशा अर्थात् हाम्रो संरचनामा घडी घुम्ने दिशामा ठिक उत्तर दिशालाई ० डिग्री हेर्दा २५८.५० डिग्री देखी २८१.०० डिग्री सम्मको सम्मको भाग हो। पश्चिम दिशा प्राप्तिको दिशा हो जुन पञ्चतत्त्व मध्ये आकाश तत्त्व को दिशा हो । यो दिशामा भने गणेशजी एक भन्दा धेरै संख्यामा समेत राख्न सकिन्छ । यो दिशामा मन्दिर राख्दा मन्दिरको रंग सेतो हुनु राम्रो मनिन्छ किनकि आकाश तत्त्वको रंग सेतो हो र आकार गोलो राम्रो हुन्छ। आकाश तत्त्वलाइ अग्नि तत्त्वले असर पार्ने हुदा पश्चिम दिशामा रातो रंग र त्रिभुज आकार हुनु हुदैन ।

 

मस्तिष्कमा रहेको  पदार्थलाई मात्र विचार गर्नेहो भने हाम्रो खोपडी खोल्ने माध्यमबाट सबै चीज बनाउने तत्त्व एन्डिल हो । खोपडी खुल्दा मेरुदण्डको मस्तिष्क मेदुला अर्थात् ज्ञान आकाश; जहाँ सबै महत्त्वपूर्ण जीवन केन्द्रहरू मानव शरीर रचनामा उपस्थित भई सहजै खुल्छन अनि हाम्रो सबै शरीरमा उर्जा प्राप्त हुन्छ र सकारात्मक सोच को विकास सुरु हुन्छ । सर्बप्रथम हाम्रो दिमाग खुलोस् भनेर नै सुरुमा सर्वप्रथम गणेशजीको पूजा गर्नुपर्छ भनिएको हो ।

 

 

हामीले किबोर्डमा थिचेको अच्छरलाई कम्प्यूटरले आफ्नो सी प्रोग्रामिंग भाषामा काम गर्छ त्यस्तै हाम्रो अवचेतन मन अर्थात् सव कन्सियस मस्तिष्कले रङ्ग अथवा आकारलाई छिटो ग्रहण गर्दछ । त्यसैले वास्तुमा कुन दिशामा कुन रङ्ग लगाईएको छ र कुन आकारको वस्तुहरु राखिएको छ त्यो महत्वपूर्ण हुन्छ । पञ्चतत्त्वमध्ये उत्तरपूर्व जल तत्वको दिशा हो र यसको आकार तरंग (वेव) जस्तो हुन्छ भने रंग निलो र कालो भन्ने जनाउछ।आ आफ्नो धर्म अनुसार घरको मूल ढोकामा दिशा अनुसारको रंग भएको स्वस्तिक, अल्लाहको प्रतिक, जिससको क्रस चिन्ह राख्नु शुभ हुन्छ । वास्तुका ४५ उर्जाहरुमध्ये उत्तरपुर्वमा दिती र सिखी नामको उर्जाले काम गर्दछ ।घरका सदस्यहरुमा जुनसुकै काम गर्दा पनि के गर्ने ? किन गर्ने ? र कसरी गर्ने ? भन्ने सकरात्मक उत्प्रेरणा हरियो रंग युक्त दिती उर्जाले दिने गर्दछ । मानव जीवनमा नया सोचको उत्पादन गर्ने बल उत्तरपूर्वमा रहेको अर्को निलो रंगयुक्त सिखी उर्जाले दिने गर्दछ ।

 

हामी इच्छा पुर्ती गर्न र मनलाई शान्ति दिलाउन प्राय मन्दिर, मस्तिज, चर्च  जान्छौ तसर्थ मनलाई एकाग्र बनाउन हाम्रो मन्दिर, चर्च, मस्तिज बनाउदा पञ्चतत्त्वलाई सन्तुलन कायम गरेर निर्माण गर्न जरुरी छ ।

 

www.sotivastu.com

(लेखक वास्तुविद, सिभिल इन्जिनियर एवम् नेपाल ज्योतिष परिषदको केन्द्रीय सदस्य हुनुहुन्छ )

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...