ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्सले प्रतिष्पर्धा गर्दैछन्
पुरुषको १०० मिटर फ्रिस्टाइलमा
वि.सं.२०७८ साउन १२ मंगलवार ०८:२६
2.1K
shares
एजेन्सीः टोकियो ओलम्पिकमा आज नेपालका पौडीका खेलाडी एलेक्सले प्रतिष्पर्धा गर्दैछन् ।
जापानमा जारी टोकियो ओलम्पिकमा मंगलबार नेपालको सहभागिता रहेको पौडीतर्फको खेल हुन लागेको हो ।
नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले प्रतिष्पर्धा गर्नेछन् ।
एलेक्सले पुरुषको १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
उनको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
टोकियो ओलम्पिकमा यसअघि दुई प्रतिस्पर्धाका नेपाली खेलाडीहरु बाहिरिइसकेका छन् ।
सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट बाहिरिएका हुन् ।
टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् ।
सात खेलाडी रहेको यस हिटमा एलेक्स छैटौँ लेनमा छन् ।
यो पनि पढ्नु होस्ः
जापानी टेनिस खेलाडी नाओमी ओसाका तेस्रो चरणबाट बाहिरिइन
वि.सं.२०७८ साउन १२ मंगलवार ०८:२६




















