YouTube Link

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल

Facebook Link

काठमाडौं:  सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । पोखरेलले आजैबाट पदभार ग्रहण गरेका छन् ।

 

बैंक सञ्चालक समितिको गत जेठ २७ गतेमा बसेको बैठकले पोखरेललाई असार १८ गतेदेखि लागू हुने गरी सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीईओमा) नियुक्त गरेको हो । पोखरेलले पदावधि ४ वर्षको हुनेछ ।

 

पोखरेल सिभिल बैंकमा विगत २ वर्षदेखि नायव सीईओका रुपमा आबद्ध थिए । गत वैशाख १८ गतेदेखि कामु सीईओका रुपमा कार्यरत थिए ।

 

पोखरेलसंग नेपालका विभिन्न बैंकहरु स्ट्यान्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एनआईसी एशिया बैंक, नबिल बैंक, सिभिल बैंक र नेपालबाहिर विभिन्न अन्तर्राष्ट्रिय बैंकहरुमा काम गरेको कुल ३ दशक लामो बैंकिङ अनुभव रहेको छ।

 

डिजिटलाइजेसनका माध्यमबाट कर्मचारीहरुको कार्यक्षमतामा अभिवृद्धि गर्दै कागजरहित बैंकका रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने बैंकका नवनियुक्त सीईओ पोखरेलले प्रतिबद्धता व्यक्त गरेका छन्।

 

पोखरेलको विगत ३ दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाइमा पुर्याउनेमा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए।

 

उनले बैंकले चालु आवमा व्यावसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढुनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिए।

 

बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु. ८८.९४ अर्बको निक्षेप र रु. ८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ।

यो पनी पढ्नुहोस् :

नेपालमा खरिद गरेको फोनमा आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:३३

काठमाडौं: महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा...