स्पेनिस डिफेन्डर सर्जियो रामोस पेरिस सेन्ट जर्मेनमा अनुबन्धित
क्लब ट्रन्सफरमा पिएसजि अगाडि
वि.सं.२०७८ असार २५ शुक्रवार १५:२०
2.2K
shares
एजेन्सीः स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् ।
स्पेनिस डिफेन्डर सर्जियोआफैँले सामाजिक सञ्जाल माफर्त लिग वान क्लबमा अनुबन्धित भएको जनाएका हुन् ।
३५ वर्षीय डिफेन्डर रामोसले दुई वर्षका लागि पिएसजीसँग सम्झौता गरेका छन् ।
१६ वर्ष लामो रियल बसाइ अन्त्य गरेका रामोसले पिएसजीसँग सन् २०२३ सम्मको सम्झौता गरेका हुन् ।
बढी गोल गर्ने डिफेन्डरको सूचीमा छैटौँ नम्बरमा रहेका रामोसले केही साताअघि स्पेनिस क्लब रियल मड्रिडसँगको सहयात्रा अन्त्य गरेका थिए ।
उनी सन् २००५ मा सेभिल्लाबाट रियलमा अनुबन्धित भएका थिए ।
रामोसले रियलबाट ६ सय ७१ खेल खेलेका छन्, जसमा उनले १०१ गोल गर्दै ४०पास मिलाई दिएका छन् ।
यो पनि पढ्नु होस्ः
एसलिघ बार्टी र क्यारोलिना विम्बल्डन टेनिस उपाधिकाे लागि भिड्ने
वि.सं.२०७८ असार २५ शुक्रवार १५:२०



















