कोरोना भाईरस रोकथामका लागि सरकारले लकडाउन नगर्ने
वि.सं.२०७७ चैत २४ मंगलवार १८:५२
1.6K
shares
काठमाडौं: कोरोना भाईरस रोकथामका लागि सरकारले लकडाउन नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने बताउनु भएको हो ।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले लकडाउन भन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताउनु भयो ।
कोरोना भाईरस रोकथामका लागि लकडाउन हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीले बताउनु भयो ।
लकडाउनले जनजीविकालाई, समाजलाई, अर्थतन्त्रलाई, सामाजिक जीवनलाई पार्ने प्रभाव दिर्घकालिन रुपले हुने हँदा संसारले जसरी यो लडाई लडिरहेको छ हामी पनि यो लडाईमा काँधमा काँध मिलाएर लडाई गर्न तयार रहेको मन्त्री त्रिपाठीले बताउनु भयो ।
नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण, आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेकोले कोरोना भाईरसका कारण आतंकित नहुन पनि आग्रह गर्नु भएको छ ।
नेपालले ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको छ । चीन सरकारबाट अनुदानमा उपलब्ध कोरोना भाईरस विरुद्धको खोप लगाउने अभियान बुधबार देखि शुरु हुने पनि उनले बताए ।
यो पनि पढ्नुहोस् :
सरकारले अग्नि नियन्त्रक विमान किन्ने
वि.सं.२०७७ चैत २४ मंगलवार १८:५२




















