YouTube Link

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

Facebook Link

 

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा असन्तुष्टि पोखेका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेपछि कोईरालालो असन्तुष्टि पोखेका हुन ।

सरकारको उक्त निर्णयको आलोचना गर्दै कोइरालाले वरियता र प्रक्रिया मिचेर महानिरिक्षक नियुक्ति भएको भन्दै त्यसले विधिको शासनको खिल्ली उडाएको बताएका हुन ।

 

ुवरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ,ु नेता कोइरालाले ट्विटमा उल्लेख गरेका छन्।

 

सरकारको निर्णयले फेरि नेपाल प्रहरीमा विवाद ल्याएको तर्क समेत उनले गरेका छन्।

 

एउटै ब्याचका चार जना एआईजीहरू आइजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मङ्सिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डिआइजी० विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए।

 

त्यस्तै ७ महिनापछि पोखरेपछि डिआइजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्‍यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डिआइजी वसन्त पन्त, दोस्रोमा धिरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको थियो।

सरकारले कनिष्ठलाई बढुवा गरेको भन्दै कोइरालले आपत्ति जनाएका हुन्।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...