YouTube Link

वेष्टइन्डिजमाथि न्युजिल्याण्डको शानदार जित

Facebook Link

काठमाडौं: वेष्टइन्डिज माथि न्युजिल्याण्डले पहिलो टी२० मा  शानदार जित हात पारेको छ ।अकल्याण्डमा शुक्रबार भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले डीएल मेथडका आधारमा वेष्टइन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा घटाइएको थियो ।

 

वेष्टइन्डिज टस हारेर पहिले ब्याटिङ गरेको  कप्तान काएरन पोलार्डको विष्फोटक ब्याटिङ मद्धतमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य न्युजिल्याण्डले १५।२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा जेम्स निशमले अविजित रहँदै सर्वाधिक ४८ रन बनाए । निशमले २४ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।

 

 

यस्तै डेभोन कोन्वेले ४० रन जोडे । मिचेल सान्टनरले अविजित ३१ रन बनाए । भने ।ग्लेन फिलिप्सले ७ बलमा २२ रन जोडे । वेस्ट इन्डिजका ओशाने थोमसले २ विकेट लिए ।

 

वेस्ट इन्डिजका लागि कप्तान काएरन पोलार्डले अविजित ७५ रन बनाए । ३७ बल खेलेका पोलार्डले ४ चौका र ८ छक्का प्रहार गरे । यस्तै आन्द्रे फ्लेट्चरले ३४ र फाबियन एलनले ३० रन बनाए । न्युजिल्याण्डका लकी फर्गुसन एक्लैले ५ विकेट लिए । यस्तै कप्तान टिम साउथीले २ विकेट लिए ।

 

पहिलो खेल जित्दै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १(० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो टी२० आइतबार हुनेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/2020/11/19612/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...