YouTube Link

महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्छ: चन्द्र ढकाल

World Cup 2026
Facebook Link

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्र प्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्छ भन्नुभएको छ ।

 

महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा चन्द्र ढकालले भन्नुभयो, “कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसंग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।” उहाँको यो मन्तव्यको आसय उहाँका अर्का प्रत्यासीसँग आफ्नै एजेण्डा र भिजन नरहेको र उहाँले चुनवको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेण्डामा रहेको भन्ने थियो ।

 

सो मन्तव्यमा ढकालले भन्नुभयो, “म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्फत महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, म सँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”

 

उहाँले महासंघमा हुने विजय या पराजय सफलता र असफलता होईनन् भन्नुभयो । सो क्रममा चन्द्रप्रसाद ढकालले भन्नुभयो “महाधिवेशन पछि पनि हामि टाढा हुने छैनौ हाम्रो ब्यापार र हाम्रो उद्यमले हामिलाई जोड्ने नै छ ।”

 

ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजि क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन  भएको वास्तविक व्यवसायि नै आउनु पर्ने बताउनुभएको छ । राजधानिमा मंसिर ११ गतेबाट सुरुभएको महासंघको ५४ औं साधारणसभामा बोल्दै ढकालले आम उद्योगि व्यवसायिको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गर्नुभयो ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19629/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...