YouTube Link

महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला शुरु             

Facebook Link

काठमाडौं: महान्यायाधिवक्ताको कार्यालयले चालु आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गरी आवधिक रुपमा विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा सोही क्रमलाई निरन्तरता दिंदै मिति २०७७ साल मंसीर ११ गते विहिबार नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु भएको छ ।

 

उक्त सम्मेलनको भर्चुअल माध्यमबाट माननीय महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा नायब महान्यायाधिवक्ताहरु सहन्यायाधिवक्ताज्यूहरु  लगायत ८० जनाको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

समारोहलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ता खरेलले भौतिक उपस्थितिमा नै सम्मेलनको आयोजना गर्ने गरी तयारी गरिएकोमा कोभिड १९ को महामारीका कारण अनलाईन मार्फत नै यस प्रकारको राष्ट्रिय कार्यशालाको आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।

 

हाल नेपालमा १ जना सहन्यायाधिवक्ता, १२ जना उपन्यायाधिवक्ता समेत गरी ७२ जना महिला सरकारी वकीलहरु कार्यरत रहेकोमा जम्मा २ जना मात्र महिला सरकारी वकीलहरु ललितपुर र जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको तर्फ स्मरण गराउँदै महिला वकीलहरुलाई कार्यालय प्रमुखको जिम्मेवारी लिइ कार्यसम्पादन गर्न प्रेरित गर्नुभएको थियो।

 

यस प्रकारको कार्यशालाले महिला सरकारी वकीलहरुको नेतृत्व क्षमता विकासमा ठुलो टेवा पुग्ने तर्फ इङ्गित गर्दै कार्यशाला सफलताको शुभकामना दिनुभएको थियो ।

 

उक्त कार्यशालाको अध्यक्षता सहन्यायाधिवक्ता रमादेवी पराजुलीले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उपन्यायाधिवक्ता उर्मिला दाहालले उपस्थित महानुभावहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहायक न्यायाधिवक्ता रोशी भण्डारीले गर्नुभएको थियो ।

 

दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकीलहरुको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम् सामाजिक भेदभावजन्य कसूर लगायतका विषयमा सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, माननीय महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरुको समुपस्थितिमा छलफल शुरु भएको छ ।

 

उक्त राष्ट्रिय कार्यशालामा ७० जना महिला सरकारी वकीलहरुको सहभागिता रहेको छ । कार्यशाला भोली शुक्रबार निष्कर्षहरु जारी गर्दै समापन हुनेछ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19566/

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...