YouTube Link

यौनिक अल्पसंख्यक दुर्व्यवहारमा पर्नु स्वभाविक हो र ?

Facebook Link
vision

हामी सबैलाई अनुभव छ, पहिले र अहिलेको नेपाली समाज कस्तो छ । नेपाल देश सानो भए पनि यहाँ धेरै जात, धर्म, संस्कृति र परम्पराले भरिएको छ ।

नेपाली समाजमा हामी जति सुन्दरता पाउँछौं त्यो भन्दा धेरै गुणा समस्याहरु देखेको हुन्छौं । हाम्रो समाजमा पहिलेदेखि नै जात, धर्म र संस्कृतिलाई लिएर उत्पन्न भएका समस्या कतिले सुन्यो, कतिले देख्यौ, कतिले भोग्यौं पनि होला ।

हाम्रो समाजमा अहिले विभिन्न जात, विभिन्न धर्मलाई समान व्यवहार गर्दै स्वीकारेको अवस्था छ । तर, अब नेपाली समाजले स्वीकार्ने पालो भिन्न लैङ्गिकता भएका व्यक्तिहरुलाई पनि हो । हाम्रो समाजमा भिन्न लैङ्गिकता बारेमा सोचे जस्तो जानकारी पुगेको छैन ।

खुम्चिएको नेपाली समाज अझै पनि महिला र पुरुष मै घुमिरहेको छ । धेरैलाई फरक लैंगिकता भन्ने बित्तिकै यौनिक अल्पसंख्यक (LGBTI Q) हो र यसमा के कस्ता व्यक्ति पर्दछन् भन्ने ज्ञान पनि छैन । यही ज्ञानको कमीले यौनिक अल्पसंख्यक समुदायका धेरै व्यक्तिहरु समाजमा हेलामा परेका छन ।

खुम्चिएको नेपाली समाज अझै पनि महिला र पुरुष मै घुमिरहेको छ । धेरैलाई फरक लैंगिकता भन्ने बित्तिकै यौनिक अल्पसंख्यक (LGBTI Q) हो र यसमा के कस्ता व्यक्ति पर्दछन् भन्ने ज्ञान पनि छैन । यही ज्ञानको कमीले यौनिक अल्पसंख्यक समुदायका धेरै व्यक्तिहरु समाजमा हेलामा परेका छन ।

आउनुहोस्, केही दिन अघिको घटनाको कुरा गरौ निकिशा श्रेष्ठको । उनी एक यौनिक अल्पसंख्यक समुदायमा पर्छिन् । केही समय पहिलेदेखि उनको टिकटको भिडियोलाई लिएर उनलाई धेरैले Troll को सिकार बनाएका थिए । उनी एक केटा भएर केटीको पहिरनमा आएको कारण उनी माथि दुर्व्यवहारको सिकार भएको अनुमान लगाउन सकिन्छ । यस समुदायमा परेपछि उसको व्यवहार र लगाईमा फरक पर्नु स्वभाविक हो । तर केही दिनअघि उनी माथि दुर्व्यवहार भएको थियो । म आफैंलाई व्यक्तिगत हिसाबले धेरै चित्त दुखेको थियो ।

म एक पत्रकारिता र सामाजिक कार्यको विद्यार्थी पनि हो । आफैंले LGBTI Q सम्बन्धित संस्था Blue Diamond Society मा Social Worker को रुपमा Intern गरेको पनि थिएँ । आफूले लिएको शिक्षा अरुलाई दिन नपाउनुको पीडा अहिले अनुभव गर्दैछु । मैले त ज्ञान लिए र बुझे पनि तर, हाम्रो समाजमा बुझेर होस् या नबुझेर धेरै व्यक्तिहरुले उनीहरुलाई हेला र दुर्व्यवहार गरेको देख्न सक्छौ जसको उदाहरण हुन् निकिशा श्रेष्ठ ।

आफूले प्रत्यक्ष फरक लैगिकता भएका व्यक्तिहरूको भोगाई सुनेर पनि होला त्यो घटनाले मेरो मन एकदम दुखेको छ । मलाई याद छ ती पात्रहरु जोसँग मेरो प्रत्यक्ष कुराकानी भएको थियो । उनीहरूको पीडा, यो समाजले गरेको व्यवहार कति पीडादायि थियो । कहिले परिवारबाट बहिष्कार, कहिले साथीभाइको हेला, कहिले शिक्षाबाट बञ्चित, कहिले के त कहिले के ।

अहिले Internet को जमानमा हामीले चाहे गुगल हेरेर होस् वा यस सम्बन्धी संस्थाबाट शिक्षा लिन सक्छौं । हामी बुझ्ने हुँदा हुँदै पनि हाम्रो समाजबाट नै उनीहरु हेला भएको म प्रस्ट देख्न सक्छु । लैङ्गिता फरक भएकै कारणले कोही व्यक्ति दुर्व्यवहारमा पर्नु भनेको हामी नै पछाडि पर्नु हो । आजको युगमा हामी जुन विषयमा पनि ज्ञान लिन र दिन सक्छौं ।

यौनिक अल्पसंख्यक LGBTI Q पनि हाम्रा समाजमा धेरै छन् र उनीहरू पनि सबैले जस्तै समान हक अधिकार पाउनुपर्छ । हामी सबैले यस सम्बन्धित ज्ञान लिएर अरुलाई पनि बुझाउन सक्नुपर्छ । यस बिषयलाई सामाजिक समस्या हुनबाट रोक्न हरेक व्यक्तिको कर्तव्य हो ।

 

सामान्य रुपमा हामीले यौनिक अल्पसंख्यक LGBTI Q को बारेमा ज्ञान लिनुपर्दा यस प्रकार बुझ्न सकिन्छ ।

  • L-Lesbin भनेको एक केटी अर्को केटीमा शारिरीक आकर्षण हुनु हो,
  • G-Gay भनेको एक केटा अर्को केटामा शारिरीक आकर्षण हुनु हो,
  • B-Bisexual भनेको एक व्यक्ति केटा र केटी दुवैसँग शारीरिक आकर्षण हुनु हो,
  • T-Transgender/Transwomen भनेको जन्मिदा छोरा या छोरी भएर जन्म हुने तर पछि अपोजिट सेक्स बन्ने इच्छा हुने र सेक्स परिवर्तन गर्नु हो,
  • I-Intersex भनेको जन्मिदा छोरा र छोरी दुवै शारीरिक बनावट भएर जन्म हुनु या आदि छोरा आदि छोरीको शारीरिक बनावट हुनु हो ।
  • हामीले बुझ्ने कुरा Lesbin, Gay, Bisexual एक व्यक्तिमा आउने भावनात्मक परिवर्तन हो जसले के भनेर छुटाउँछ भने Transgender र Intersex एउटा भावना सहित शारीरिक बनावटमा पनि परिवर्तन हुनु हो,
  • Queer भनेको केटा केटी दुबै प्रति आकर्षण नहुनु हो ।

 

यसरी यौनिक अल्पसंख्यकभित्र पनि फरक Gender Identity भए जस्तै Gender Expression पनि फरक-फरक हुन्छ । Gender Expression भन्ने बित्तिकै हामीले व्यक्तिको Gender पहिचानको बहिरि अभिव्यक्ति नाम, सर्वनाम, व्यवहार, कपडा कपाल काट्ने, आवाज वा शारीरिक सुविधाहरु मार्फत व्यक्त गरिएको हुन्छ ।

हामीले Transgender र Intersex लाई बाहिरी बनावट र हाउभाउले पनि पहिचान गर्न सक्छौं । एउटा व्यक्तिको Sexual Identity उसको जन्म को बाहिरी शरीर रचनाको आधारमा लिङ्ग तोकिन्छ तर बढ्दो उमेरसँगै एउटा व्यक्तिलाई आफ्नो Gender Expression बाट आफु के हो भने अनुभव हुँदै जान्छ ।

हाम्रो समाजमा अहिले पनि महिला र पुरुष मात्र हुनुपर्छ भन्ने धारणा रहेको छ । हाम्रो समाजमा पहिलेको अवस्थासम्म यौनिक अल्पसंख्यकलाई हिजडा, छक्का र किन्नरको नामबाट परिभाषा गरिन्थ्यो । उनीहरूको यो समाजमा कुनै अस्तित्व नभएको देख्न सकिन्थ्यो ।

महिला र पुरुष मात्रै यो सृष्टिका लागि हुन् भनिन्थ्यो । तर अस्तित्वको कुरा गर्दा भगवानको पालादेखि नै शिव र पार्वतीको आधा जोडिएको शरीरलाई हामी शक्तिशाली भगवानको स्वरुप भनेर पूजा गर्छौं भने हामीले पनि उनीहरुलाई भगवान मान्नु पर्ने हैन र ?

अहिले पूर्वीय सभ्यतामा पनि फरक खालको यौनिकता भएका थुप्रै उदाहरणहरु भेटिन्छन् । मन्दिर टुँडालहरुमा समलैगिक यौन आसनका काष्ठकला र वास्तुकला कुँदिएका पाउँछौ । महाभारतका अर्जुनले वृन्दलाको रुप धारण गरेको उल्लेख छ । उनलाई तेस्रो लिङ्गी महिलाको स्वरुपमा दर्साएको थियो ।

यसरी हाम्रो विभिन्न सभ्यता बोकेका ग्रन्थहरुमा तेस्रो लिंगीको महत्व देखाइएको छ । हाम्रो समाजले गरेको घृणा र तिरस्कारले बाँच्न मुस्किल भएपछि उनीहरु यौन कार्यमा संलग्न भएका थिए । तर, बढ्दो समयसँगै शिक्षामा आएको गुणस्तरले अहिले यौनिक अल्पसंख्यकलाई भन्ने छक्का, हिजडा जस्ता नामलाई परिवर्तन गरेर LGBTI Q लाई वर्गीकरण गरिएको छ । अहिले मान्छेहरु आफ्नो लैंगिकता र भावनाहरुलाई खुलस्त रूपमा देखाएर स्वतन्त्र रुपमा जिउने गरेका छन् भने कति अझै तिरस्कारको डरले लुकाउने गर्छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा थुप्रै व्यक्तिहरु छन् जसले तेस्रोलिङ्गी, समलिङ्गी भएर पनि उदाहरणका पात्र बनेका छन् । न्यूजिल्याण्ड पहिलो पटक समलिंगी उप-प्रधानमन्त्री भएको देख्न सक्छौं । नेपालकी Transgender अञ्जली लामा भारतमा मोडल हुन सफल भएकी छिन् ।

भूमिका श्रेष्ठ Transgender भएर पनि रोल मोडल भएर विभिन्न संस्थाहरुमा काम गर्दै आएकी छिन् । एउटा व्यक्तीको यौन पहिचान जे भएपनि समाजमा स्वतन्त्र रुपमा बाँच्ने अधिकार हुन्छ । फरक लैंगिकता भएका कारण हामीले कुनै पनि यौन पहिचान बोकेका व्यक्ति लाई घृणा, तिरस्कार अपमानित र दुर्व्यवहार गर्ने हाम्रो अधिकारमा छैन ।

यौनिक अल्पसंख्यकका हक र अधिकारका लागि अहिले Blue Diamond Society र Mitini Nepal जस्ता संस्थाहरु स्थापित भएका छन् । यस समुदायका ब्यक्तिलाई हरेक क्षेत्र र समाजमा समान व्यवहार र हक दिने हामी सबैको कर्तव्य हुने छ । यौनिक अल्पसंख्यक मात्र नभएर समाजका हरेक व्यक्ति दुर्व्यवहारमा नपरोस् भन्ने कुरालाई हामीले ख्याल राख्नु पर्दछ ।

 

र यो पनि पढ्नुहोस्:

कोरोनासँगै देशभर चिसो बढ्यो, अझ सतर्क रहन जरुरी
क्राउड वान बारे एक शल्यक्रिया
महान् सहायक अथवा सर्वहारा उत्तराधिकारको अपील
रामेछाप लिखुतामाकोशी अध्यक्षको मुद्दाको बिश्लेषण

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...