Texas College
YouTube Link

शाओमी नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर १ स्थानमा

Facebook Link

काठमाडौं:  शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ ।

सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ ।

हाल युनिट शिपमेन्टमा आधारित ३४.१५ बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको छ ।

शाओमी, नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी आईडीसीको सन् २०२० तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार नेपालको नम्बर १ स्मार्टफोन ब्राण्ड भएकोमा प्रसन्न छौं ।

हामी मी फ्यानहरूबाट प्राप्त गरेको प्रेम र समर्थनका लागि आभारी छौं र यसले हामीलाई सबैको लागि नवीन प्रविधि प्रदान गर्ने हाम्रो उद्देश्यको नजिक पुग्न मद्दत गरेको छ ।

हाम्रा उत्पादनहरू, व्यवसायिक मोडल र पूर्वाधारहरूमा निरन्तर नवीनता मार्फत हाम्रा प्रयोगकर्ताहरूको निरन्तर विश्वास जित्ने र प्रशंसा प्राप्त गर्ने हाम्रो प्रतिबद्धतातिर काम गर्न जारी राख्नेछौं ।”

ब्राण्डले विभिन्न मुल्य बिन्दुमा शिर्ष विशेषता भएका स्मार्टफोनहरु सिरिजहरु – रेडमी ९ए, रेडमी ९सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गर्दै बजारमा उल्लेखनीय वृद्धि देखेको छ ।

शाओमीले उनीहरूको अनलाइन बिक्री साझेदार दराज डट कम र सस्तोडिलसंग काम गरिरहेकी छ जसले ब्राण्डको व्यापक पहुँचमा ठूलो योगदान पुर्याईरहेको छ ।

अफलाइन विस्तारले समग्र वृद्धिमा अहम भूमिका निर्वाह गरेको छ जहाँ शाओमीले देशभर १६०० भन्दा बढी अफलाइन पार्टनर स्टोरहरू र ३५० भन्दा बढि मी प्रिफर्ड पार्टनर स्टोरहरु स्थापना गर्दै नेपालमा आफ्नो उपस्थिति बढाइरहेको छ ।

कम्पनी हाल विभिन्न स्थानहरुमा एक मजबूत वितरण नेटवर्कको पकड बनाएको छ । उनीहरूले आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्री पछिको सेवा मजबुद बनाउनका साथै नेपालमा ग्राहकका आवश्यकताहरू पूरा गर्न समर्पित वेयरहाउस मार्फत बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेका छन ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19406/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

वि.सं.२०८१ माघ २७ आइतवार १२:२५

काठमाडौं: सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक...